एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त
बिर्तामोड, ३० असार ।
प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त हुनुभएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।
राष्ट्रपतिको आह्वान लगत्तै ओलीले दाबी पेस र्नुभएको थियो । प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीको भोलि बिहान ११ बजे शपथको कार्यक्रम तय भएको छ । ००००००००
प्रतिकृया दिनुहोस