आर्थिक वर्ष २०८०\०८१ मा झापामा एक हजार एक सय १० नयाँ साना तथा घरेलु उद्योग दर्ता  

बिर्तामोड, १७ साउन । 
आर्थिक वर्ष २०८०\८१ झापामा एक हजार एक सय १० नयाँ साना तथा घरेलु उद्योग दर्ता भएका छन । घरेलु  तथा साना उद्योग कार्यालयमा उद्योगतर्फ ६ सय २९ र वाणिज्यतर्फ चार सय ८१ फर्म दर्ता भएका हुन् ।
उक्त कार्यालयका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाका अनुुसार दुई सय ८८ उद्योग खारेज हुँदा एक हजार सात सय आठ उद्योगले नवीकरण गरेका छन् । गत आर्थिकवर्षमा दुई सय ४३ उद्योगले पुँजी वृद्धि गर्दा झापाका घरेलु तथा साना उद्योगको पुँजी तीन अर्ब २८ करोड रुपैयाँले बढेको थियो । वाणिज्यतर्फ दुई सय ७८ फर्मले पुँजी वृद्धि गर्दा पाँच अर्ब एक करोड १० लाख ५० हजार रुपैयाँ भएको छ ।
उक्त कार्यालयले गत आवमा दुई करोड ६८ लाख ९० हजार सात सय ५० रुपैयाँ राजस्व सङ्कलन गरेको छ । आर्थिकवर्ष २०७९\८० मा एक करोड ८० लाख ६ हजार रुपैयाँ सङ्कलन भएको थियो ।  ०००००
 

प्रतिकृया दिनुहोस