कोशी प्रदेशसभा बैठकबाट प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक पारित

मोरङ, १९ भदौ ।
कोशी प्रदेशसभा बैठकबाट प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । आजको प्रदेशसभा बैठकमा संशोधन प्रस्ताव दर्ता गरेका सांसदले संशोधन फिर्ता लिएपछि प्रदेशसभाबाट विधेयक पारित भएको हो ।
नेकपा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पा र गणेश उप्रेतीले संयुक्त रुपमा संसोधन प्रस्ताव दर्ता गर्नु भएको थियो । कांग्रेस प्रमुख सचेतक गोपाल तामाङ र एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गर्नुभएको थियो ।
नेकपा एमाले सांसद इन्द्रमणि पराजुली र निरन राई, नेकपा एकिकृत समाजवादीको तर्फबाट कमलप्रसाद जवेगूले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्नु भएको थियो । सरकारले राजनीतिक सहमतिका आधारमा पारित गर्ने भन्दै प्रदेशसभा बैठकअघि छलफल गरेको थियो ।
छलफलपछि संशोधन प्रस्तावमा उठाएका महत्वपूर्ण विषय स्वीकार गर्ने र स्वास्थ्य सम्बन्धि ऐन छुट्टै बनाउने सहमति भएपछि संशोधनकर्ताले संशोधन प्रस्ताव फिर्ता लिएका थिए । प्रस्ताव फिर्ता भएपछि प्रदेशसभा बैठकबाट विधेयक सर्वसम्मतले पारित भएको हो ।
सभामुख अम्बरबहादुर विष्टले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा नेकपा माओवादी केन्द्रले मत जनाएन् । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाले आफ्नो दलले राखेका केही प्रस्ताव सम्बोधन नभएपछि मत नजनाएको बताउनुभयो । ०००००
 

प्रतिकृया दिनुहोस