नेपालले ‘द हङकङ सिक्सेस’ क्रिकेट खेल्ने

विर्तामोड, २७ भदौ ।

नेपालले हङकङमा हुने ‘द हङकङ सिक्सेस’ क्रिकेट खेल्ने भएको छ । पहिलोपल्ट नेपालले यो प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।
सन् १९९२ देखि शुरु भएको प्रतियोगिताको १९ औं संस्करण हङकङको मिसन रोड क्रिकेट मैदानमा आउँदो नोभेम्बर एक तारिख अर्थात् कात्तिक १६ देखि नोभेम्बर ३ अर्थात् कात्तिक १८ गतेसम्म हुनेछ ।
प्रतियोगितामा बढीमा १२ टोलीको सहभागिता रहनेछ । पछिल्लो संस्करण सन् २०१७ मा भएको थियो । त्यसबेला पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिकाले उपाधि जितेको थियो ।
नेपाली क्रिकेट टोली विश्वकप लिग–२ को त्रिदेशीय शृङ्खलाका लागि क्यानडा प्रस्थान गरेको छ । ‘द हङकङ सिक्सेस’मा नेपालबाट कस्तो टोली सहभागी हुन्छ यकिन भइसकेको छैन । ००००००
 

प्रतिकृया दिनुहोस