खाद्य स्वच्छता, सुुरक्षा र सरोकारवालाको भूूमिका बिषयक एक दिवसिय अन्तरक्रिया कार्यक्रम झापाको बिर्तामोडमा सम्पन्न    

बिर्तामोड, २ असोज ।
नारी सञ्चार गृह झापाले खाद्य स्वच्छता, सुुरक्षा र सरोकारवालाको भूूमिका बिषयक एक दिवसिय अन्तरक्रिया कार्यक्रम बिर्तामोडमा सम्पन्न गरेको छ । झापामा बढ्दो विषादीका कारण जनस्वास्थ्यमा देखिएको समस्यालाई मध्यनजर गर्दै सरोकारवालाहरुलाई घच्घच्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले बताएको छ । 
उक्त कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बिषाक्त खाद्यबस्तुु विक्री गरेमा, चाडपर्वको अवसर पारेर कालो बजारी र मूूल्य वृद्धि गरेमा कानुुन बमोजिम कडा कारवाही गर्ने बताउनुभयो । उहाँले कुनैपनि वहानामा उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने अधिकार कसैलाई पनि नभएकोले यसतर्फ सबै सरोकारबालाहरुले ध्यान पुुर्याउन आग्रह गर्नुभयो ।
यसैगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुुख सुुवासचन्द्र वस्तीले जनशक्ति र प्रविधिको अभावमा अनुुगमन कार्यमा आफूहरुले चाहेजस्तो काम गर्न नसकेको बताउनुु भयो । 
कार्यक्रममा पशुु करेन्टाइन कार्यालय काकडभिट्टाका प्रमुख, पशुु चिकित्सक मुकेश सिंह, खाद्य आयात निर्यात गुुणस्तर नियन्त्रण कार्यालय झापाका प्राविधिक सहायक, दिनेश ढुुङ्गानाले सहभागीका जिज्ञासाको सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा होटल व्यवसायी संघ झापाका महासचिव शिवराज पौडेल, उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष्य शालिग्राम भट्टराई, कृषिथोक बजार व्यवस्थापन समितिका निरज कुुमार ओली, बेकरी उद्योग संघ झापाका अध्यक्ष सुुमन चिमरिया, फलफुल तथा तरकारी उत्पादन संघ झापाका अध्यक्ष उमाकान्त ढुङ्गेल, राष्ट्रिय उपभोक्त मंच झापाका अध्यक्ष मदन गोपाल सुब्बा लगायत सरोकारवालाहरुले नियामक निकायका प्रमुख तथा प्रतिनिधिहरुसँग जिज्ञासा राख्नुभएको थियो । 
बढ्दो विषादीको कारण झापामा जनस्वास्थ्यमा गम्भिर समस्या देखापर्न थालेकाले नियामक निकाय र सरोकारवालालाई बिच अन्तरसंवाद गराएर विषादी नियन्त्रणमा सबैको भूूमिकालाई सक्रिय बनाउन संविधान दिवसको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरिएको कार्यक्रमको औचित्य प्रकाश पार्दै संस्थाका संस्थापक अध्यक्ष साबित्रा दहालले बताउनुु भयो । 
संस्थाका अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य दीपा पोखरेलले गर्नुभएको थियो भने सञ्चालन सचिव मायामितुु न्यौपाने र सहसचिव ज्योष्ना श्रेष्ठले गर्नुभएको थियो । 
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष माधव विद्रोही लगायत दर्जन वढी पत्रकारको उपस्थिति रहेको उक्त कार्यक्रममा झापालाई विषादी मुुक्त बनाउन पहल गर्ने ६ बुुँदे प्रतिबद्धता पत्र जारी गर्दै सम्पन्न भएको थियो ।  
प्रतिबद्धताका बुँदाहरु
१ संघीय सरकारका जिल्ला स्थित निकाय र स्थानीय सरकारको आपसी समन्वय र सहकार्य मा मानव स्वास्थ्यका लागि हानीकारक बस्तुु नियन्त्रणमा पहल गर्नेछौ ।
२. नेपाल सरकारले तोकेको बाहेकका कुुनैपनि विषादी आयातमा नियन्त्रण गर्दै कृषि एवं पशुुजन्य उत्पादनमै शुद्धता ल्याउन  पहल गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि भूूमिका निर्वाह गर्ने ।
३. जैविक विषादी प्रयोगका लागि कृषकहरुलाई प्रोत्साहित गर्न र जैविक विषादी प्रयोगबाट हुने फाइदाका बारेमा सचेतना फैलाउन भूूमिका खेल्ने ।
४. प्रयोगशाला व्यवस्थापन एवम दक्ष जनशक्ति वृद्धिका जिल्ला प्रशासन कार्यालयले संघिय निकायका जिल्ला स्थित सबै सरकारी निकाय, स्थानीय सरकार र सरोकारवाला पक्षसँग समन्वय र सहकार्य गर्ने. ।
५. चाडवाडको समयमा कृतिम अभाव, मिसावट, मूल्यबृद्धि, कालोबजारी नियन्त्रणका लागि बजार  अनुुगमनलाई निरन्तरता दिदै दोषीलाई स्पोर्ट (ठाउँको ठाउँ)  कारबाही गर्ने छौँ । 
६. असल कृषि अभ्यास र असल भेटेनरी अभ्यासका लागि आईपीएम पाठशाला सञ्चालन गर्न समन्वय र सहकार्य गर्ने ।  ०००००००००

प्रतिकृया दिनुहोस