बिर्तामोडमा छुरा प्रहार गरी युवतीको हत्या

विर्तामोड, २८ भदौ ।

झापाको बिर्तामोडमा छुरा प्रहारबाट एक जना युवतीको मृत्यु भएको छ ।
छुरा प्रहारबाट १९ वर्षीया मनिषा लोहारको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।
उनी इलामको सूर्याेदय नगरपालिका १० फिक्कल घर भई हाल बिर्तामोड नगरपालिका – ५ पाथीभरा टोलमा डेरा गरी बस्दै आएकी छन् । लोहारमाथि कैलाली गौरीगंगा नगरपालिका – ३ निवासी २० वर्षीय अनिल विकले छुरा प्रहार गरेका थिए ।
छुरा प्रहारबाट घाइते भएकी मनिषाको उपचारका क्रममा मृत्यु भएको हो । छुरा प्रहार गरेको देखेपछि स्थानीयले युवालाई घेरेपछि भागेको प्रहरीले जनाएको छ ।
छुरा प्रहार गरी भागेका युवालाई अर्जुनधारा–६ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । ०००००
 

प्रतिकृया दिनुहोस