गौशाला धर्मशालाबाट तत्काल मारवाडी सेवा समितिलाई नहटाउन अल्पकालिन अन्तरिम आदेश

विर्तामोड, २ कात्तिक ।

उच्च अदालत पाटनले पशुपति धर्मशालाबाट मारवाडी सेवा समितिलाई तत्कालका लागि नहटाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश डालकुमार खड्काको एकल इजलासले आज अल्पकालिन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेश दिने वा नदिनेवारे छलफल गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।
आफूलाई गैरकानूनी रुपमा धर्मशालाबाट निकाल्न खोजेको भन्दै मारवाडी सेवा समितिले पशुपति क्षेत्र विकास समिति, काडमाडौं महानगरपालिका सहित ११ वटा निकाय विरुद्ध रिट निवेदन दर्ता गरेको थियो । ०००००
 

प्रतिकृया दिनुहोस