डिजिटल कारोबारमा मोबाइल बैंकिङ्ग र वालेट प्रयोगकर्ता अधिक

विर्तामोड, ३० असोज ।

प्रविधिको विकाससँगै बढ्दै गएको डिजिटल कारोबारका लागि वालेट र मोबाइल बैकिङ्ग प्रयोगकर्ताको संख्या अधिक देखिएको छ । केन्द्रीय बैँकको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को भदौ महिनासम्ममा दुई करोड ५२ लाख ७ हजारले मोबाइल बैकिङ्गको प्रयोग गरेको पाइएको छ भने दुई करोड ४२ लाख ६४ हजारले वालेटको प्रयोग गरेको पाइएको छ । 
राष्ट्र बैँकको तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अवधिमा दुई करोड १९ लाख ५७ हजारले मोबाइल बैकिङ्गको प्रयोग गरेको पाइएको यो । एक वर्षको अवधिमा यो संख्या १४ प्रतिशतले बढेको हो । त्यस्तै, वालेट प्रयोगकर्ताको संख्या भने एक वर्षमा २१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा एक करोड ८९ लाख ४१ हजारले वालेटको प्रयोग गरेको तथ्यांक छ । 
मोबाइल बैंकिङ्ग र वालेटको प्रयोगकर्ताको संख्या बढेसँगै इन्टरनेट बैकिङ्गको प्रयोगकर्ताको संख्या पनि बढेको छ । चालु आर्थिक वर्षको भदौ महिनासम्ममा १९ लाख ८६ हजारमा पुगेको तथ्यांक छ  । गत आर्थिक वर्षको सोही अवधिमा भने १८ लाख ८८ हजारले प्रयोग गरेको केन्द्रीय बैंकको तथ्यांक छ । त्यस्तै, कनेक्ट आइपिएसको प्रयोगकर्ताको संख्या भने १३ लाख १५ हजार पुगेको छ । 
एक करोड ३० लाख ९७ हजारले डेविड कार्डको प्रयोग गर्छन् भने दुई लाख ९३ हजार ६१८ ले क्रेडिट कार्डको प्रयोग गर्ने गरेका छन् । ०००००
 

प्रतिकृया दिनुहोस