साना दलले शासन गर्ने कुरा लोकतन्त्रमा उचित होइन : महासचिव पोखरेल
विर्तामोड, २७ कात्तिक ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले साना दलले शासन गर्ने कुरा लोकतन्त्रमा उचित नभएको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग महासचिव पोखरेलले साना दलले शासन गर्ने परम्परागत अन्त्य गरिनुपर्ने बताउनुभयो । ‘लोकतन्त्रमा सानो भएर शासन गर्ने कुरा उचित होइन, त्यो अन्त्य हुनुपर्छ’, महासचिव पोखरेलले भन्नुभयो ।
तर, म्याजिक नम्बर पायौं भन्दै साना दलले शासन गर्ने परम्परा देखिएको उहाँले बताउनुभयो । आगामी चुनाव २०८४ बाट साना दलले शासन गर्ने परम्परा तोड्नेगरी काम भइरहेको महासचिव पोखरेलले बताउनुभयो ।
त्यो तयारी संविधान संशोधनबाट नै हुने महासचिव पोखरेलले बताउनुभएको छ । ‘त्यो परिपाटीलाई चुनावबाट अन्त्य गर्ने हिसाबले हामीले संविधान र कानून सुधारका विषय अगाडि बढाएका हौ’, महासचिव पोखरेलले भन्नुभयो । उहाँले २०८४ को चुनाव अघि संविधान संशोधन हुने बताउनुभयो ।
प्रतिकृया दिनुहोस