पाथीभरा केबलकारको १५ महिनाभित्र निर्माण सम्पन्न हुने
विर्तामोड, २५ कात्तिक ।
ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माणका लागि गएको शुक्रवार शिलान्यास गरिएको छ ।
संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले केबलकार निर्माणको शुरुआती विन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्तरूपमा शिलान्यास गर्नुभएको हो ।
राजनीतिक दलका प्रतिनिधि तथा जिल्लावासीको उल्लेख्य उपस्थितिमा केबलकार निर्माणको शिलान्यास गरिएको निर्माण कम्पनी हिमालय कन्स्ट्रक्शनका प्रमुख इन्द्र केदेमले जानकारी दिनुभयो ।
पाथीभरा केबलकार कुनै एउटा कम्पनीको मात्र नभएर समग्र ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँग जोडिएको र ताप्लेजुङ तथा समग्रमा कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशेढुङ्गा बन्ने मेयर मादेनले बताउनुभयो ।
केबलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले अबको १५ महिनाभित्र केबलकार चढ्न पाइने बताउनुभयो । पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि केबलकार लाभदायक बन्ने उहाँको विश्वास छ । ०००००
प्रतिकृया दिनुहोस