तीन वटा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले शपथ

विर्तामोड, १२ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओली समक्ष विभिन्न तीन वटा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिको हैसियतमा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. शारदा थपलियाको शपथ लिनुभएको हो ।
प्रधानन्त्री ओलीले नवनियुक्त उपकुलपतिहरूलाई कार्यकाल सफलताको कामना गर्नुभयो । कार्यक्रममा सहकुलपति एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, नेपाल सरकारका उच्च अधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो । ०००००
 

प्रतिकृया दिनुहोस