जहाँ गए पनि आदर्श व्यक्तिको रूपमा स्थापित हुनु : प्रधानमन्त्री
काठमाडौँ, १३ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका दीक्षित विद्यार्थीलाई जहाँ गए पनि आदर्श व्यक्तिको रूपमा स्थापित हुन आग्रह गर्नु भएको छ ।
त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले प्राप्त गरेको ज्ञान, सीप तथा प्रविधिको माध्यमबाट शिष्ट, सभ्य, मर्यादित र सुसंस्कृत समाज बनाउन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले बनाउन खोजेको समाज एउट इमान्दार समाज हो । सुसंस्कृतिक समाज हो । लोकतान्त्रिक समाज हो र नागरिक सर्वोच्चताको समाज हो । यो समाज शिष्ट, सभ्य, मर्यादित र सुसंस्कृत हुनुपर्दछ ।’
प्रधानमन्त्री ओलीले अगाडि थप्नुभयो, ‘सबै नेपाली शान्तिमय वातावरणामा ढुक्कले बाँचेका छन् । सम्मानित जीवन बाँचेका छन् । सुखी जीवन बाँचेका छन् त्यस्तो समाज बनाउन हामीले प्राप्त गरेको ज्ञान, सीप प्रविधि प्रयोग गर्न सक्नुपर्छ ।’ ००००००
प्रतिकृया दिनुहोस