माइक्रोसफ्टले एआईको लागि डेटा सेन्टर बनाउन यो वर्ष ८० अर्ब डलर खर्च गर्ने
विर्तामोड, २० पुस ।
माइक्रोसफ्टले कृतिम बौद्धिकता अर्थात् एआईको लागि डेटा सेन्टर बनाउन यो वर्ष ८० अर्ब डलर खर्च गर्ने भएको छ ।
एआई मोडेलहरूलाई प्रशिक्षण दिन, एआई र क्लाउड–आधारित एप्लिकेशनको लागि डाटा सेन्टरहरू विकास गर्न यो वर्ष अर्थात् सन् २०२५ मा माइक्रोसफ्टले ८० अर्ब डलर खर्च गर्ने समाचार संस्था रोयटर्सले जनाएको छ ।
सन् २०२२ मा ओपन एआईले च्याट जीपीटी शुरु गरेपछि एआईमा लगानी बढेको छ । विभिन्न क्षेत्रका कम्पनीहरूले एआईलाई आफ्ना उत्पादन र सेवाहरूमा एकीकृत गर्न खोजिरहेका छन् । एआईलाई ठूलो कम्प्युटिङ पावर चाहिन्छ र विशेष खालका डेटा सेन्टरहरू आवश्यक पर्छ ।
यसैको पूर्तिको लागि माइक्रोसफ्टले अर्बौ डलर खर्च गर्न लागेको हो । माइक्रोसफ्टले आफ्नो एआई पूर्वाधार बढाउन र आफ्नो डेटा सेन्टर नेटवर्क विस्तार गर्न यसअघि पनि अर्बौं डलर लगानी गरिसकेको छ । माइक्रोसफ्टले गर्ने ८० अर्ब डलरको लगानीमध्ये आधाभन्दा धेरै संयुक्त राज्य अमेरिकामा हुनेछ । ०००००
प्रतिकृया दिनुहोस