युगान्डालाई हराउँदै नेपालको महिला टोली खो–खो विश्वकपको फाइनलमा  प्रवेश  

विर्तामोड, ५ माघ ।
युगान्डालाई हराउँदै नेपाली महिला टोली खो–खो विश्वकपको फाइनलमा पुगेको छ । भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी स्टेडियममा आज भएको सेमिफाइनल खेलमा नेपालले युगान्डालाई  ८९–१८ ले हरायो ।
हिजो भएको क्वाटरफाइनल खेलमा इरानलाई हराउँदै नेपाली टोली सेमिफाइनलमा पुगेको थियो । यस्तै समूह चरणमा पनि नेपाल अपराजित हुँदै शीर्ष स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको थियो । नेपाली महिला टोलीले समूह चरणमा पहिलो खेलमा भुटान, दोस्रो खेलमा जर्मनी, तेस्रो खेलमा श्रीलङ्का र चौथो खेलमा बङ्गलादेशलाई हराएको थियो ।
यस्तै खो–खो विश्वकपको पुरुषतर्फ सेमिफाइनलमा पुरुष टोलीले अहिले केहीबेरमा इरानसँग खेल्दैछ । हिजो भएको खेलमा पुरुष टोलीले बङ्गलादेशलाई ६७–१८ ले हराएर अन्तिम चारमा पुगेको थियो । प्रतियोगिताअन्तर्गत महिला र पुरुष दुवैतर्फका फाइनल खेल भोलि हुनेछन् ।  ००००००
 

प्रतिकृया दिनुहोस