चर्च ब्वाइजलाई हराउँदै झापा ११ ले जित्यो १०औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको उपाधि

बिर्तामोड, ८ माघ ।
भारतको सिक्किममा आयोजित १०औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको उपाधि झापा ११ ले जितेको छ ।
सिक्किमको जोरथाङ रंगशालामा आज सम्पन्न खेलमा झापा ११ ले सहिद स्मारक ‘ए’ डिभिजन च्याम्पियन क्बल चर्च ब्वाइज युनाइटेडलाई २–० ले हारएको हो । उपाधिसँगै झापा ११ ले २० लाख भारतिय रुपैयाँ हात पारेको छ । उपविजेता चर्च ब्वाइज युनाइटेडले १० लाख भारतिय रुपैयाँमा चित्त बुझाएको छ ।
खेलको पहिलो हाफमै प्रदीप बूढाथोकीले झापा ११ लाई सुरुआती अग्रता दिलाएका थिए । अर्को हाफमा सन्तोष खत्रीले गोल गर्दै झापाको जित पक्का गरे ।
झापा ११ सेमिफाइनलमा भारतको  हिरो लिग क्लब सुदेवा दिल्ली एफसीलाई २–१ ले हराउँदै फाइनल पुगेको थियो । चर्च ब्वाइजले भने इन्टरनेसनल एफसी पञ्जाबमाथि टाइब्रेकरमा ५–४ को जित हात पार्दै झापा ११ सँगको भेट पक्का गरेको थियो । ०००००००००
 

प्रतिकृया दिनुहोस