भद्रपुरमा शहीद दिवस

भद्रपुर, २१ फागुन । 
नेकपा एमाले भद्रपुर नगर कमिटीले फागुन २१ गते शहीद स्मृति दिवस भद्रपुरमा मनाएको छ । 
नेकपा एमाले कोशी प्रदेश कमिटीका सचिवालय सदस्य बसन्त वानियाँको प्रमुख आतिथ्यतामा शहीद सुरज विश्वासको पार्कमा शहीद दिवस मनाइएको हो । शहीद सुरज विश्वासको प्रतिमालाई सचिवालय सदस्य बानियाँले माल्यार्पण गर्दै शहीदहरुको सपना पूरा गर्न नेकपा एमाले मात्रै सक्षम रहेको बताउनु भएको छ । 
कार्यक्रम नगर कमिटी अध्यक्ष निर्माण नेपालको अध्यक्षता र सचिव डिल्लीराम पोखरेलको सञ्चालनमा भएको थियो । कार्यक्रममा प्रदेश सल्लाहकार माधव विद्रोही, जिल्ला उपसचिव अशारु राजवंशी, सदस्यहरु कालीचरण बस्नेत, वासु वन लगायत युवा संघ, अनेरास्ववियू, अनेमसंघ तथा दशवटै वडाबाट उपस्थिति रहेको थियो । ००००००
 

प्रतिकृया दिनुहोस