भूमिगत वामपन्थी राजनीतिका २०० भन्दा बढी मान्छेको संस्करण हो : भुइँमान्छे

विर्तामोड, २२ फागुन । रविकिरण वान्तवा ।
फागुन २१ गते जब आउँछ तब झापा बिद्रोहका पाँच शहिदहरुलाई श्रदाञ्जली अर्पण गर्न र भुमिगत वामपन्थी राजनीतिको स्मरण गर्न कम्युनिस्ट नेताहरु सुखानी सहादत स्थलमा पुग्ने गर्छन् । बि. सं. २०२९ साल फागुन २१ सुखानीमा बगेको रगतलाई फेरि एक पटक संझिन्छन् । त्यसबेलाको सामान्ती राज्यबिरुद्ध झापा बिद्रोहलाई सफल पार्न देह अर्पण गर्ने ती निडर पाँच शहिदहरु क्रमशः रामनाथ दाहाल, विरेन राजबंशी, नेत्र घिमिरे, कृष्ण कुइकेल र नारायण श्रेष्ठ हुनुहुन्थ्यो ।
आन्दोलनताका ज्यान आहुती दिने शहिदको योगदानको सिँढी उक्लदै नेतृत्व गणहरु अहिले राज्यको उच्चतह र तप्कामा पुगिसकेका छन् । शहिदहरुलाई बर्षमा एक पटक भए पनि संझिन्छन् तर बाम्पन्थी आन्दोलनलाई भुमिगतताका सरसहयोग गर्ने कमरेडहरुलाई बिस्तारै नेतृत्वतहका नेताहरुले बिर्सदै गएको बाम्पथी नेतृ बिन्दा पाण्डेको भनाई छ । उहाँले इलाम र झापाको संयुक्त आयोजनामा सम्पन्न स्मृति दिवसको अवसर पारेर आफ्नो पुस्तक भुइँमान्छे सुखानी सहादत स्थलबाटै सार्वजनिक गर्नु भएको थियो ।
यहि अवसरमा वीरता रिडर्सको समन्वयमा साहित्य पत्रकार मञ्च झापाले 'भुइँमान्छे पुस्तक परिचर्चा ' कार्यक्रमको आयोजना गरेको थियो । भूमिगत कालखण्डमा पार्टी निर्माण गर्न र राजनीतिक परिवर्तनमा भुइँमान्छेहरुले पुर्याउनु भएको योगदानलाई दस्तावेज गर्ने आफ्नो कोशिस रहेको पुस्तकका लेखक बिन्दा पाण्डेले पुस्तक परिचर्चा कार्यक्रमलाई संबोधन गर्दै भन्नु भएको थियो । वामपन्थी नेताहरुले सफलताको स्वाद चाखिरहँदा भूमिगत कालखण्डमा भुइँमान्छेहरुले पुर्याएको योगदानलाई बिर्सिदै गएको हो कि भन्ने आभाषले यो पुस्तकको सृजना भएको उहाँले बताउनु भयो । शोध अनुसन्धन र सिर्जनात्मकता दुबै मिसाएर यो भुइँमान्छे लेखिएको पनि जानकारी गराउनु भयो ।
भुइँमान्छे साधारण पुस्तक मात्र नरहेर वामपन्थी राजनीतिमा धूमिलिदै गएका सयोगी हातहरुको उत्खनन् र दस्तवेजीकरण रहेको पुस्तकका परिचर्चाकार लेखक तथा पत्रकार तीर्थ सिग्देलले बताउनु भएको थियो । पञ्चायतकालमा सामान्ती राज्य बिरुद्ध आवाज उठाउने बामपन्थी नेताहरुलाई जोगाउन सेल्टर दिनु हुने दुईसय भन्दा बढी भुइँमान्छेहरुको योगदानलाई यस पुस्तकमा लेखक विन्दा पाण्डेले संस्मरणिय रुपमा अटाउनु भएकाले पाठकलाई भुइँमान्छे रोचक लाग्न सक्ने धारणा परिचर्चाकार सिग्देलले राख्नुभएको थियो । उहाँले लेखक पाण्डेलाई आफुद्वारा लिखित पुस्तक पुर्वको राजनीति मायाको चिनो स्वरुप हस्तारण गर्नु भएको थियो । ००००००
प्रतिकृया दिनुहोस