लागुपदार्थ दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ : मुख्यमन्त्री कार्की
copy.jpeg)
इटहरी (सुनसरी), २८ फागुन ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागुपदार्थ दुव्र्यसनीविरुद्ध तीनै तहका सरकारले समन्वयात्मक काम गर्नुपर्ने बताउनुभएको छ ।
कोशी प्रदेश प्रहरीद्वारा आज आयोजित ‘अबको युद्ध दुव्र्यसनविरुद्ध’ कार्यक्रमको शुभारम्भ गर्नुहुँदै उहाँले तीनै तहका सरकारले समयमै सचेतनाका कार्यक्रम अघि बढाउनुपर्छ भन्नुभयो ।
मुख्यमन्त्री कार्कीले भन्नुभयो, “तीनै तहका सहकार मिलेर सचेतनाका अभियानलाई समुदायस्तरसम्म सञ्चालन गर्न जरुरी छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा दुव्र्यसनविरुद्धका सचेतना कार्यक्रमका लागि बजेट बिनियोजन गर्ने छ ।” ००००००
प्रतिकृया दिनुहोस