चीनका विदेशमन्त्री वाङ अर्को साता रुस भ्रमणमा जाने

झापा, १५ चैत ।
चीनका उच्च कूटनीतिज्ञ वाङ यीले अर्को साता रुसको भ्रमण गर्ने बेइजिङको विदेश मन्त्रालयले जनाएको छ ।
“रुसी विदेशमन्त्री सर्गेई लाभरोभको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री वाङ यीले मार्च ३१ देखि अप्रिल २ सम्म रुसको औपचारिक भ्रमण गर्नुहुनेछ,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बेइजिङ र मस्कोले हालैका वर्षहरूमा आर्थिक सहयोग र कूटनीतिक सम्पर्क बढाएका छन्, र रूसले युक्रेनमाथि आक्रमण गरेपछि उनीहरूको रणनीतिक साझेदारी अझ नजिक पुगेको छ ।
चीनले त्यस युद्धमा आफूलाई तटस्थ पक्षका रूपमा प्रस्तुत गरेको दाबी छ, र उसले संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी राष्ट्रहरूको जस्तो कुनै पनि पक्षलाई घातक सहायता नपठाइरहेको बताएको छ ।
यद्यपि, चीन रुसको नजिकको राजनीतिक र आर्थिक सहयोगी हो र नेटोका सदस्यहरूले बेइजिङलाई युद्धको ‘निर्णायक सहयोगी’ को संज्ञा दिएका छन् । चीनले युक्रेनमा रूसी आक्रमणको कहिल्यै निन्दा गरेको छैन ।
चीनले द्वन्द्वको अन्त्यका लागि युद्धविरामका लागि चालिएका सबै कदमको स्वागत गरेको जनाएको छ । ०००००
प्रतिकृया दिनुहोस