राप्रपाका अध्यक्ष लिङ्देन, नेता तामाङ र शाही पक्राउ   

बिर्तामोड, ७ बैशाख । 
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित तीन जना नेता सिंहदरबाट पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शन गरेपछि राप्रपा नेताहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले राप्रपा अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी परिसर काठमाण्डौ भद्रकालीमा राखिएको छ ।
प्रदर्शनस्थलमा जानुअघि सिंहदरबारमा रहेको पार्टीको संसदीय दलको कार्यालयमा नेताहरू जम्मा भएका थिए । संसदीय दलको कार्यालयमा जाँदा अस्वाभाविक प्रहरी परिचालन गरिएको राप्रपाको आरोप छ ।  ०००००००

प्रतिकृया दिनुहोस