सप्तकोशीमा बेपत्ता भएका दुई जना खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

बिर्तामोड, ८ बैशाख ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई जनाको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन भएको छ ।
आज बिहान सप्तकोशीमा नुहाउने क्रममा खोटाङको केपिलासगढी गाउँपालिका–४ का ४० वर्षीय नवराज बाँस्तोला र सुनसरीको इटहरी नगरपालिका–१६ का १६ वर्षीय जेनिश आचार्य बेपत्ता हुनुभएको छ ।
उहाँहरुको खोजीका लागि सशस्त्र प्रहरी बल सुरक्षा बेस चतराबाट सुरक्षाफौज खटिएकोमा फेला नपरेपछि सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा पाँच जना गोताखोरसहितको सुरक्षाफौज परिचालन भएको हो । गोताखोरको टोलीले अहिले खोजी थालेको सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । ००००००००
प्रतिकृया दिनुहोस