शिक्षामन्त्री विद्या भट्टराईद्वारा राजीनामा   

बिर्तामोड, ८ बैशाख ।
शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । उहाँले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दियो ।
उहाँले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाउनु भएको हो । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उहाँले राजीनामा दिनुभएको हो ।
आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । सम्भवतः आजकै मन्त्रिपरिषद्बाट उहाँको राजीनामा स्वीकृत हुनेछ ।
शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको छ तर निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा पर्नुभएको थियो ।  ०००००००
 

प्रतिकृया दिनुहोस