प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच संक्रमणकालीन न्यायबारे छलफल 

काठमाडौं, २१ वैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच संक्रमणकालीन न्यायबारे छलफल भएको छ । प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी विज्ञ सल्लाहकार अग्नि खरेलले उहाँहरुबीच अहिलेसम्म भइरहेका कामबारे छलफल भएको बताउनुभयो ।
त्यस्तै नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सरकारले संक्रमणकालीन न्यायसम्बन्धी अधुरा कामहरू टुंग्याउने प्रक्रिया सकारात्मक रुपमा अघि बढाएको बताउनुभयो ।
आज साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच यही विषयमा छलफल भएको थियो । उक्त छलफलमा उपमहासचिव पुन पनि सहभागी हुनुहुन्थ्यो ।
बैठक सकिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पुनले प्रक्रिया सकारात्मक रुपले अघि बढेको पाइएको बताउनुभयो ।
‘यो प्रक्रियालाई सकारात्मक रुपले अघि बढेको पायौं । खासगरी यो कहाँ पुगेको छ भन्ने विषयमा प्रमुख प्रतिपक्षी दलका नेतालाई जानकारी दिनुभयो,’ पुनले भन्नुभयो ।
संक्रमणकालीन न्यासम्बन्धी दुई आयोगका पदाधिकारीको सर्टलिस्ट बाहिरिएपछि राखिएका सरोकारका विषयमा पनि ओली–प्रचण्डबीच छलफल भएको उहाँले बताउनुभयो । ०००००
 

प्रतिकृया दिनुहोस