पुरानै खेलाडीलाई निरन्तरता दिँदै नेपाली राष्ट्रिय महिला फुटबल टोलीको टोली घोषणा 

काठमाडौँ, ९ जेठ ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पुरानै खेलाडीलाई निरन्तरता दिँदै थाइल्यान्डविरुद्ध हुने मैत्रीपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोलीको टोली घोषणा गर्नु भएको छ । आज उहाँले अन्तिम २३ सदस्यीय टोली घोषणा गर्नु भएको हो ।
नेपालले बैंककमा दुई खेल खेल्ने तय छ । पहिलो खेल मे ३० तारिखमा बन्द रंगशालमा हुनेछ । यो खेललाई प्रशिक्षण खेलका रूपमा लिइएको छ । दोस्रो खेल जुन २ मा हुनेछ । यो खेलले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नेछ ।
तर, उहाँले यो खेलपछि केही सिनियर खेलाडीले सन्न्यास लिने बताउनुभएको थियो । सोही अनुसार उहाँले गत फागुनमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेलका अनुहारलाई नै दोहो¥याउनुभएको हो ।
बन्द प्रशिक्षणमा रहेकी गोलकिपर लिला जोशीले अन्तिम टोलीमा स्थान बनाउन सकिनन् । यस्तै, डिफेन्डर प्रतीक्षा चौधरी र सविना चौधरी पनि बाहिरिए ।
मिडफिल्डर हिमा राउत र तुलसा बोहराले राष्ट्रिय टोलीको ढोका खेल्न असफल भएका छन् । मीना देउवा, ममता पुन र पूर्णिमा राईजस्ता उदयीमान फरवार्डले पनि अनुभवी खेलाडीलाई प्रतिस्थापन गर्न सकेनन् ।
थाइल्यान्डविरुद्धको खेललाई सन् २०२६ मा अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कप छनोटको तयारीस्वरुप लिइएको छ ।
नेपाल रहेको समूह ‘एफ’ मा लाओस, श्रीलंका र उज्बेकिस्तान छन् । छनोट चरण मे ४ बाट सुरु हुनेछ ।
नेपाली टोलीमा गोलकिपरमा अञ्जिला तुम्बा पोसुब्बा, अञ्जना रानामगर, उषा नाथ, डिफेन्डरमा गीता राना, निशा थोकर, अमृता जैसी, पूजा राना, विमला विक, मनमाया दमाई र समीक्षा घिमिरे, मिडफिल्डरमा रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सरस्वती हमाल, विमला चौधरी, अनिता बस्नेत, सविता रानामगर र सुष्मा तामाङ तथा फरवार्डमा सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी र चन्द्रा भण्डारी रहेका छन् । ०००००
 

प्रतिकृया दिनुहोस