विकास, सञ्चार र पत्रकारिताका विभिन्न पक्षहरूमा प्रशिक्षण 

गौरादह, ९ जेठ ।
स्थानीय विकास निर्माणमा सञ्चारको भूमिका र पालिकाको अपेक्षा तथा स्थलगत रिपोर्टिङ सम्बन्धि दुई दिने तालिम गौरादहमा सुरू भएको छ । गौरादह नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित यो कार्यक्रम नमुना पाहुना घरमा सञ्चालन भइरहेको छ ।
तालिमको उद्घाटन कार्यक्रममा अध्यक्षता संस्थाका अध्यक्ष रेजिना गौतमले गर्नुभएको थियो । प्रमुख अतिथिका रूपमा गौरादह नगरपालिकाका उपप्रमुख जलवर्षा राजवंशी तथा विशिष्ट अतिथिका रूपमा नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सुवेदी सहभागी हुनुहुन्थ्यो । उहाँहरूले नगरका विकास निर्माण कायोजनाहरू र सञ्चारकर्मीहरूको भूमिकाका विषयमा जानकारी दिनुभयो ।
तालिममा प्रशिक्षक शिव गाँउलेद्वारा विकास, सञ्चार र पत्रकारिताका विभिन्न पक्षहरूमा प्रशिक्षण दिइएको छ । तालिममा ३० जनाभन्दा बढी स्थानीय पत्रकारहरूको सक्रिय सहभागिता रहेको छ ।
कार्यक्रमको स्वागत संयोजक दिपा पोखरेलले गर्नुभएको थियो भने सञ्चालन संस्थाका सह–सचिव जोस्ना श्रेष्ठले गर्नु भएको थियो ।
 

प्रतिकृया दिनुहोस