नेताहरूले गरेको योगदान जनतासामु लैजानुपर्छ : कांग्रेस सभापति देउवा

स्याङ्जा, १० जेठ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरुले गरेको योगदानलाई जनतासामु लैजान जरुरी रहेको बताउनुभएको छ ।
आज काठमाडौंमा काङ्ग्रेसका नेता तथा स्याङ्जाका पूर्वसभापति एवं पूर्वसांसद स्वर्गीय खगेन्द्रराज रेग्मीको प्रथम स्मृतिसभालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीमा रहेर देशका लागि नेताहरुले गरेका योगदानहरुलाई जनतासामु लैजान जरुरी रहेको बताउनुभएको हो ।
उहाँले नेताहरुले छाडेर गएका बाँकी कामहरुलाई सवै मिलेर पुरा गर्नुपर्ने धारणा राख्नुभयो । सभापति देउवाले स्वर्गीय नेता रेग्मी पार्टीमा समर्पित भएर काम गर्ने व्यक्ति भएको स्मरण गर्नुभयो ।
कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले राजनीतिमा लागेका व्यक्तिले प्रतिफलको आश गर्न नहुने भन्दै राजनीति त्याग र निरन्तर यात्रा भएको बताउनुभयो ।
राजनीतिक यात्रामा धेरै अवरोध आउने भएकाले त्यसलाई छिचोल्दै अघि बढ्न सक्नुपर्ने उहाँको भनाइ छ ।
यसैबीच, कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले व्यक्त गर्नु भएको धारणा भिजन खबरमा सामेल गरेका छौं । सुनौं, उपसभापति गुरुङको धारणा,
आवाज...
उहाँ हुनुहुन्थ्यो, कांग्रेस उपसभापति धनराज गुरुङ काङ्ग्रेसका नेता तथा स्याङ्जाका पूर्वसभापति एवं पूर्वसांसद स्वर्गीय खगेन्द्रराज रेग्मीको प्रथम स्मृतिसभालाई सम्बोधन गर्दै । ००००००
 

प्रतिकृया दिनुहोस