यूएईमा अत्यधिक गर्मी , ५०.४ डिग्रीको नयाँ कीर्तिमान

विर्तामोड, १० जेठ ।
संयुक्त अरब इमिरेट्स (यूएई) ले देशमा अहिलेसम्मकै मे महिनामा सबैभन्दा उच्च तापक्रम ५० दशमलव ४ डिग्री सेल्सियस मापन गरेको छ । यो तापक्रम सन् २००३ देखि रेकर्ड राख्न थालिएयता सबैभन्दा बढी हो भनी राष्ट्रिय मौसम केन्द्र (एनसीएम) ले जनाएको छ ।
देशको सबैभन्दा उच्च तापक्रम अबुधाबीको अल शावामेखमा ५० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको केन्द्रले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गरेको छ । यो मे महिनाको सबैभन्दा उच्च तापक्रम हो, जुन सन् २००३ देखि सुरु गरिएको रेकर्डमा पहिलो पटक देखिएको एनसीएमले जनाएको छ ।
यसअघि मे सन् २००९ मा मापन गरिएको ५० दशमलव २ डिग्री सेल्सियस तापक्रम नै मे महिनाको उच्च तापक्रम थियो ।
यूएई विश्वकै ठूला तेल निर्यातकर्ता मध्ये एक भए पनि उसले नवीकरणीय ऊर्जा क्षेत्रमा पनि ठूलो लगानी गरेको छ । ०००००
प्रतिकृया दिनुहोस