भारी वर्षाको चेतावनी

विर्तामोड, १० साउन । 
देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा आज भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । अहिले कोशी प्रदेशको तराईमा मुख्यतया मौसम सफा रहे पनि अन्य अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती र कर्णालीका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशका पहाडी र हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहने तथा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । तराईका केही क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाले आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ ।
भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । प्रतिकूल मौसमका कारण जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा पछ्याउन पनि अनुरोध गरिएको छ । ००००
 

प्रतिकृया दिनुहोस