भारतीय क्रिकेट टोलीको प्रदर्शनको समीक्षा हुने
विर्तामोड, १० साउन ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आगामी महिना आयरल्यान्ड, इङ्ल्यान्ड र जिम्बाब्वे भ्रमणका क्रममा भारतीय टोलीले गर्ने प्रदर्शनको समग्र समीक्षा गर्ने भएको छ । समीक्षा बैठकमा मुख्य प्रशिक्षक गौतम गम्भीरको नेतृत्वमा रहेका सहयोगी प्रशिक्षक तथा सपोर्ट स्टाफको भविष्यबारे पनि छलफल हुने बताइएको छ ।
क्रिकेटसम्बन्धी वेबसाइट क्रिकबजका अनुसार बीसीसीआईका सचिव देवजित सैकियाले पछिल्ला एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा भारतीय टोलीको प्रदर्शनको विस्तृत मूल्याङ्कन गरिने जानकारी दिएका छन् । विशेषगरी आयरल्यान्ड र इङ्ल्यान्ड भ्रमणका क्रममा भारतले अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको विषय समीक्षा बैठकको मुख्य एजेन्डा रहनेछ ।
भारतीय टोलीले इङ्ल्यान्डविरुद्धको एकदिवसीय शृङ्खलामा एउटा खेल मात्र जितेको थियो भने अन्य खेलमा पराजय बेहोरेको थियो । त्यस्तै, गत महिना आयरल्यान्डसँगको दुई खेलको टी–२० शृङ्खला २–० ले तथा इङ्ल्यान्डसँगको पाँच खेलको टी–२० शृङ्खला ४–० ले गुमाएको थियो ।
बीसीसीआईले समीक्षा बैठक अगस्ट महिनाभित्र आयोजना गर्ने जनाएको भए पनि बैठकको मिति भने सार्वजनिक गरेको छैन । बैठकमा टोलीको रणनीति, खेलाडीको प्रदर्शन, प्रशिक्षक समूहको कार्यसम्पादन तथा आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीबारे समेत विस्तृत छलफल हुने अपेक्षा गरिएको छ ।
गत मार्चमा टी–२० विश्वकपको उपाधि जितेपछि नयाँ कप्तान श्रेयस अय्यरको नेतृत्वमा भारतीय टोलीले निरन्तर कमजोर प्रदर्शन गरिरहेको छ । यही कारण बीसीसीआईले टोलीको समग्र अवस्थाको समीक्षा गर्दै आवश्यक सुधारका लागि महत्वपूर्ण निर्णय लिन सक्ने अनुमान गरिएको छ । ०००००



..jpeg)







प्रतिकृया दिनुहोस