देशभरका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
विर्तामोड, १२ साउन ।
नेपाल चिकित्सक संघले आज मंगलबार देशैभरका सरकारी, गैरसरकारी र निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको छ । संघले गए राति एक विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेको हो । वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुव्र्यवहारको विरोधमा मंगलबार आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको हो ।
संघले यहि साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राम लगायतका चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि साङ्घातिक आक्रमण गरी टाउकोमा गम्भीर चोट पु¥याइएको जनाएको छ ।









प्रतिकृया दिनुहोस