विद्यालय दिवा खाजा कार्यक्रमको प्रतिवेदन सार्वजनिक

काठमाडौं, १२ साउन । 
विद्यालयमा सञ्चालन हुँदै आएको राष्ट्रिय दिवा खाजा कार्यक्रमसम्बन्धी वार्षिक प्रतिवेदन–२०२५ सार्वजनिक गरिएको छ । नेपाल सरकार र संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले संयुक्त रूपमा सार्वजनिक गरेको प्रतिवेदनमा खाद्य सुरक्षा, पोषण, शिक्षा, जलवायु उत्थानशीलता र सामाजिक सुरक्षामा कार्यक्रमले पु¥याएको योगदान समेटिएको छ ।
सन् १९६७ देखि सुरु भएको दिवा खाजा कार्यक्रम हाल देशका ७७ वटै जिल्लामा सञ्चालन भइरहेको छ । र, यसबाट करिब ३० लाख विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन् । प्रतिवेदनमा कार्यक्रमले विद्यालय भर्ना, नियमित उपस्थिति, सिकाइ उपलब्धि तथा बालबालिकाको पोषणमा सुधार ल्याएको उल्लेख छ । 
स्थानीय किसान र सहकारीमार्फत विद्यालयलाई घरेलु खाद्यान्नसँग जोड्दा विद्यार्थीको स्वास्थ्यसँगै स्थानीय अर्थतन्त्रलाई पनि टेवा पुगेको कार्यक्रममा सहभागी सरकारी अधिकारी तथा विकास साझेदारहरूले बताएका छन् । ०००००
 

प्रतिकृया दिनुहोस