नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

विर्तामोड, १२ साउन । 
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा आज ८३ वर्षको उमेरमा उनको निधन भएको हो ।
गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधन भएको बताउनुभयो । उहाँले श्रेष्ठको शव भोलि बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीको लागि राखिने जानकारी दिनुभयो ।
‘तत्पश्चात शव यात्रासहित पशुपति आर्यघाटमा दाहसंस्कार लगिने छ,’ पूर्वमन्त्री मेखलालले फेसबुकमा लेख्नुभएको छ । कांग्रेस सभापति गगन थापाले ७ साउनमा नेता श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता मनोनीत गरिएको घोषणा गर्नु भएको थियो । ०००००

प्रतिकृया दिनुहोस