विराटनगर यातायात कार्यालयको उपलब्धि

विराटनगर, १२ साउन । 
यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा ४८ करोड ९८ लाख २७ हजार १८७ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 
कार्यालयका अनुसार सबैभन्दा धेरै ३८ करोड ५२ लाख ७९ हजार ४८२ रुपैयाँ सवारी साधन करबाट सङ्कलन भएको छ । 
यस्तै चालक अनुमति पत्रबाट ८ करोड ५३ लाख ३३ हजार ४७५, रुट पर्मिटबाट १ करोड १४ लाख ३१ हजार ८३०, अन्य सेवा शुल्कबाट ७५ लाख ५१ हजार, व्यवसाय दर्ता दस्तुरबाट १ लाख २८ हजार ३०० तथा दण्ड, जरिवाना र जफतबाट १ लाख ३ हजार १०० रुपैयाँ राजस्व प्राप्त भएको कार्यालयका सूचना अधिकारी लेखप्रसाद आचार्यले जानकारी दिनुभयो । ०००००
 

प्रतिकृया दिनुहोस