इरानमा सरकारविरोधी प्रदर्शनसँग सम्बन्धित दुई जनालाई सार्वजनिक रूपमा फाँसी 

इरान, १२ साउन । 
इरानको न्यायपालिकाले सरकारविरोधी प्रदर्शनसँग सम्बन्धित अभियोगमा दोषी ठहर भएका दुई जनालाई मृत्युदण्ड कार्यान्वयन गरेको जनाएको छ । न्यायपालिकाको मिजान अनलाइनका अनुसार अबोल्फजल सिपाही र अमिर–हुसेन सफारीलाई मङ्गलबार बिहान इस्फहान प्रान्तमा सार्वजनिक रूपमा फाँसी दिइएको हो ।
न्यायपालिकाले उनीहरूलाई गत जनवरी ८ मा प्रहरीमाथि चक्कु प्रहार गर्ने, प्रहरीलाई बाँधेर पेट्रोल छर्की आगो लगाउने तथा सार्वजनिक सुरक्षा र व्यवस्थामा गम्भीर असर पार्ने गतिविधिमा संलग्न रहेको अभियोगमा दोषी ठहर गरेको जनाएको छ । 
इरानमा गत वर्षको अन्त्यदेखि चर्किएको सरकारविरोधी प्रदर्शनपछि पक्राउ र मृत्युदण्डका घटनामा वृद्धि भएको छ । मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलका अनुसार चीनपछि सबैभन्दा बढी मृत्युदण्ड कार्यान्वयन गर्ने देश इरान हो । ०००००

प्रतिकृया दिनुहोस