विपद्पछिको कामका लागि दुई वटा सर्वदलीय संयन्त्र बनाइने
काठमाडौं, ३१ भदौ ।
प्राकृतिक विपद्पछिको उद्धार, राहत, पुनर्निर्माण तथा दीर्घकालीन विपद् व्यवस्थापनका लागि दुई वटा सर्वदलीय संयन्त्र बनाउने निर्णय भएको छ ।
आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकले संसद्बाहिर रहेका दललाई समेत समेटेर उच्चस्तरीय राजनीतिक संयन्त्र र संसद्भित्र रहेका दलहरूको प्रतिनिधित्व रहने संसदीय समिति गठन गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनिसकेको छ । संयन्त्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र जनता समाजवादी पार्टी नेपाल सहभागी हुनेछन् । राष्ट्रिय जनमोर्चालाई पनि सहभागी गराउन अनुरोध गर्ने निर्णय भएको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो । संयन्त्रले विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन, पुनर्निर्माण र समग्र विकास निर्माणका विषयमा सरकारलाई सुझाव तथा सहयोग गर्नेछ ।
यस्तै, संसद्भित्र रहेका दलहरूको प्रतिनिधित्व रहने संसदीय समिति एक साताभित्र गठन गर्ने तयारी छ । समितिको कार्यादेश र नेतृत्वबारे थप छलफल गरिने तथा समिति गठनका लागि सभामुखसमक्ष आग्रह गर्ने निर्णय भएको छ ।
रसुवामा भदौ १० गते विनाशकारी बाढी आएपछि लामिछानेले उद्धार, राहत र पुनस्र्थापनाका लागि सर्वदलीय संयन्त्र बनाउन प्रस्ताव गर्नुभएको थियो । यसअघि भदौ १६ गतेको सर्वदलीय बैठकले पनि संयन्त्र गठनमा सहमति जनाएको थियो । ०००००








.jpeg)



प्रतिकृया दिनुहोस