प्रधानमन्त्रीको सचिवालय २५ सदस्यीय


बिर्तामोड, १६ असोज । 
प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार तथा स्वकीय सचिवालयमा कार्यरत २५ पदाधिकारीको नाम सार्वजनिक गरेको छ ।
कार्यालयका अनुसार प्रधानमन्त्रीको सल्लाहकार समूह र विज्ञ टोलीमा मन्त्री तथा राज्यमन्त्रीसरह सेवा सुविधा पाउने व्यक्तिहरू समेटिएका छन् । कुमार ब्यञ्जनकारलाई अवैतनिक मुख्य राजनीतिक सल्लाहकार तोकिएको छ भने राजनीतिक सल्लाहकार असिम शाहले मन्त्रीसरह सेवा सुविधा पाउने व्यवस्था गरिएको छ ।
नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रले राज्यमन्त्रीसरह सुविधा पाउने जनाइएको छ । अवैतनिक स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशप्रसाद अग्रवाललाई भने मन्त्रीसरह सेवा सुविधा दिइएको छ । प्रधानमन्त्रीको सचिवालयको नेतृत्व प्रमुख स्वकीय सचिव सुवाष शर्माले गर्नुभएको छ। स्वकीय सचिवमा नवीन भण्डारी रहनुभएको छ । यस्तै, सहसचिवसरहको जिम्मेवारीमा सञ्जीव पाण्डे, दीपा दाहाल, सन्तोष गिरी र विश्व राई रहनुभएको छ ।
उपसचिवसरहको जिम्मेवारी प्रकृति ढकाल, विशाल अधिकारी र विनय शाक्यलाई दिइएको छ भने सहायक विज्ञमा सुमन गौतम र रवि किरण अधिकारी रहनुभएको छ ।
त्यस्तै, प्रेस सहजकर्ता, ग्राफिक्स डिजाइनर, अनुसन्धान अधिकृत, भिडियोग्राफरलगायत शाखा अधिकृत तथा अन्य प्राविधिक र प्रशासनिक तहमा सुरेन्द्र बजगाई, रोशन तामाङ, बेदानन्द जोशी, हेमनारायणदास चौधरी, अनुप थापामगर, ऋषि थापा, अमृत पाण्डे, राजकुमार गौतम र बेनिस कार्की कार्यरत रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस