नवलपरासी पूर्वमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु
बिर्तामोड, १७ असोज ।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा खसेको हो । बसमा चालकसहित १८ जना सवार रहेकामा ६ जनाको मृत्यु भएको, १० जना घाइते भएको र दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । अन्य पाँच जना मृतकको पहिचान खुल्न बाँकी रहेको जनाइएको छ ।









प्रतिकृया दिनुहोस