जनमत पार्टीको नयाँ केन्द्रीय कार्यसमिति आज तय हुँदै

बिर्तामोड, १८ असोज । 
जनमत पार्टीको नयाँ केन्द्रीय कार्यसमिति आज तय हुने भएको छ । पर्साको वीरगञ्जमा हिजोदेखि  सुरु भएको दोस्रो महाधिवेशनअन्तर्गत विभिन्न पदमा मतदान भएको हो। अध्यक्षमा डा. सीके राउतको मात्र उम्मेदवारी परेको छ । विधानअनुसार एकल उम्मेदवारले पनि कम्तीमा २० प्रतिशत मत ल्याउनुपर्ने भएकाले उहाँका लागि समेत मतदान भएको छ । महाधिवेशनबाट सात उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिवसहित केन्द्रीय कार्यकारिणी समिति चयन हुँदैछ । केन्द्रीय सदस्यतर्फ ७३ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार विभिन्न पदमा कुल १ सय ३ जनाले उम्मेदवारी दिएका छन् । गए रातिदेखि मतगणना सुरु गरिएको जनाइएको छ । महाधिवेशनमा करिब दुई हजार प्रतिनिधि तथा मतदाता सहभागी रहेको विवरण सार्वजनिक भएको छ । मतदान र मतगणना सकिएसँगै आज नयाँ नेतृत्वको टुङ्गो लाग्ने जनाइएको छ । 

प्रतिकृया दिनुहोस