नेकपा एमालेले चुनावी हारलाई अध्यक्ष ओलीको व्यक्तिगत असफलता मानेन
विर्तामोड, २० असोज ।
नेकपा एमालेले २१ फागुनको चुनावी हारलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत असफलताका रूपमा लिन नहुने निष्कर्ष निकालेको छ ।
तेस्रो केन्द्रीय कमिटी बैठकपछि जारी गरिएको २६ पृष्ठ लामो अन्तरपार्टी निर्देशनमा पार्टीको हारलाई समग्र परिस्थितिको विश्लेषण गरेर हेर्नुपर्ने उल्लेख गरिएको छ ।
एमालेले चुनावी हार बाह्य प्रहारको मात्र परिणाम नभई पार्टीका आन्तरिक कमजोरी पनि जिम्मेवार रहेको जनाएको छ । पार्टी संरचना, समयको मनोविज्ञान, बाह्य वातावरण, डिजिटल आक्रमण, चुनावी अवस्था र संगठनात्मक कमजोरीको संयुक्त परिणामस्वरूप हार व्यहोर्नुपरेको अपानिमा उल्लेख छ ।
अध्यक्ष ओलीले आफ्नो भागमा पर्ने हारको जिम्मेवारी स्वीकार गर्नुभएको छ । तर, अध्यक्षबाट हट्ने विषयमा भने उहाँले आफू तयार नरहेको संकेत गर्नुभएको छ । अपानिमा ओलीले अध्यक्षका रूपमा आफ्नो भागको जिम्मेवारी स्वीकार गर्दै अहिले भाग्ने वा दोषारोपणमा अल्झिने समय नभएको बताउनुभएको छ ।
अपानिमा केन्द्रीय कमिटीले गरेका मनोनयन लगायत केही निर्णय र अध्यक्ष ओलीका मन्तव्यसमेत समावेश गरिएको छ । ०००००










प्रतिकृया दिनुहोस