पूर्वराष्ट्रपति भण्डारीद्वारा एमालेको वरिष्ठ नेताको शपथ
काठमाडौँ, २२ असोज ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेताको शपथ लिनुभएको छ । उहाँले आज पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष शपथ लिनुभएको हो ।
एमालेका अनुसार आज बसेको स्थायी कमिटी बैठकमा भण्डारीले वरिष्ठ नेताको शपथ लिनुभएको हो । पार्टीको केन्द्रीय कमिटी बैठकले उहाँलाई वरिष्ठ नेतामा मनोनीत गरेको थियो ।
वरिष्ठ नेता मनोनीत भएपछि भण्डारी पहिलोपटक पार्टी बैठकमा सहभागी हुनुभएको हो । यसअघि असोज ८ गते बसेको एमाले सचिवालय बैठकले उहाँलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो ।
राष्ट्रपति बन्नुअघि भण्डारी एमालेको उपाध्यक्ष हुनुहुन्थ्यो । राष्ट्रपति पदबाट निवृत्त भएपछि उहाँ पुनः पार्टीको सक्रिय भूमिकामा फर्किनुभएको हो । ०००००










प्रतिकृया दिनुहोस