एशियाली खेलकुद अन्तर्गत क्रिकेटको स्वर्ण पदकका लागि आज भारत र पाकिस्तान खेल्दै
बिर्तामोड, १७ असोज ।
जापानमा जारी एशियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदकका लागि आज भारत र पाकिस्तान भिड्दैछन् । निशिनस्थित कोरोगी स्पोट्र्स पार्कमा हुने खेल नेपाली समयअनुसार बिहान साढे १० बजे सुरु हुनेछ ।
यसअघि बिहीबार भएको सेमिफाइनलमा पाकिस्तानले बङ्गलादेशलाई ६ विकेटले तथा भारतले श्रीलङ्कालाई एक सय २४ रनले हराउँदै फाइनलमा स्थान बनाएका हुन् । भारत र पाकिस्तानबीचको स्वर्ण पदक भिडन्तलाई विशेष चासोका साथ हेरिएको छ ।
नेपाल क्वाटरफाइनलमा पुगे पनि श्रीलङ्कासँगको खेल वर्षाका कारण रद्द भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो ।











प्रतिकृया दिनुहोस