प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण मङ्सिर दोस्रो साता हुने

बिर्तामोड, ३१ असोज । 

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने भएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीको भारत भ्रमण हुने जानकारी दिनुभएको हो । यद्यपि, भ्रमणको मिति औपचारिक रूपमा निश्चित भइनसकेको उहाँले स्पष्ट पार्नुभयो । वर्तमान सरकार गठन भएदेखि नै भारत सरकारसँग नियमित सम्पर्क भइरहेको जानकारी दिँदै मन्त्री खनालले भ्रमणलाई परिणाममुखी र उपलब्धिमूलक बनाउने सरकारको चाहना रहेको बताउनुभयो । भ्रमणका क्रममा व्यापार तथा पारवहन, कनेक्टिभिटी, ऊर्जा र सीमा सम्बन्धी विषयमा सकारात्मक प्रगति गर्ने लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो । भ्रमणका क्रममा ठूला पूर्वाधार तथा जलविद्युत् परियोजनाको उद्घाटन र शिलान्यासका साथै विभिन्न सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । गत चैत १३ गते सरकारको नेतृत्व सम्हाल्नुभएका प्रधानमन्त्री शाहको यो पहिलो भारत भ्रमण हुनेछ ।

प्रतिकृया दिनुहोस