लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ


बिर्तामोड, १ कात्तिक । 
हरीले लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई पक्राउ गरेको छ ।  काठमाडौं प्रहरी परिसर भद्रकालीको टोलीले उहाँलाई नियन्त्रणमा लिएको परिसरका एसएसपी दिलीप घिमिरेले पुष्टि गर्नुभएको छ । घिमिरेका अनुसार भट्टमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षाका लागि भन्दै प्रहरी कार्यालय ल्याएर सुरु गरिएको अनुसन्धान इनेम सपकोटासम्म पुगेको थियो । अनुसन्धानका क्रममा जबरा र भट्टबीच कुराकानी भएको देखिएको प्रहरी स्रोतले जनाएको छ ।
जेलमा रहेका दीपक भट्टलाई छुटाउने प्रयासस्वरूप सुशील भट्टले सपकोटासँग कुराकानी गरेको र सपकोटाले जबरामार्फत त्यसका लागि वातावरण बनाउन खोजेको प्रहरी अधिकारीहरूको आशंका छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रतिकृया दिनुहोस