विराटनगर किंग्स र बागमती प्लास्टिक उद्योगबीच प्रायोजन सम्झौता 

विर्तामोड, २ कात्तिक ।
नेपाल प्रिमियर लिग क्रिकेटको फ्रेन्चाइज टोली विराटनगर किंग्स र बागमती प्लास्टिक उद्योगबीच प्रायोजनसम्बन्धी सम्झौता भएको छ ।
विराटनगरमा आयोजित कार्यक्रममा बागमती प्लास्टिक उद्योगका तर्फबाट अमित राठी तथा विराटनगर किंग्सका तर्फबाट स्वागत प्याकुरेल र जयश जैनले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
कार्यक्रममा विराटनगर किंग्सका सह मालिक पारस लुनियाले नेपाल प्रिमियर लिगको तेस्रो सिजनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले स्वीकृति दिनु नेपाली क्रिकेटका लागि खुसीको विषय भएको बताउनुभयो ।
एनपिएलको तेस्रो सिजनले नेपाली क्रिकेटको विकास, खेलाडीको क्षमता प्रदर्शन र क्रिकेटप्रति दर्शकको आकर्षण बढाउन थप योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
विराटनगर किंग्स र बागमती प्लास्टिक उद्योगबीचको सहकार्यले टोलीलाई आगामी सिजनको तयारीमा सहयोग पुग्ने विश्वास गरिएको छ । ०००००
 

प्रतिकृया दिनुहोस