धुलाबारी माविका १० जना पूर्वविद्यार्थी सम्मानित 

बिर्तामोड, ३ कात्तिक ।
झापाको धुलाबारी माध्यमिक विद्यालय पूर्वविद्यार्थी समाजले विभिन्न विधामा विद्यावारिधि हासिल गरेका १० जना पूर्वविद्यार्थीलाई सम्मान गर्दै पुनर्मिलन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयको प्राङ्गणमा आज आयोजित कार्यक्रममा धुलाबारी माविमा अध्ययन गरी विद्यावारिधि हासिल गरेका पूर्वविद्यार्थीहरूलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरूमा डा. शैलेन्द्र श्रेष्ठ, डा. टीका भण्डारी, डा. हरि कट्टेल, डा. केदारमणि नेपाल, डा. डिल्लीराम भण्डारी, डा. जीवनमणि पौडेल, डा कौशल्या  शर्मा, डा सरोज नेपाल , डा केशव श्रेष्ठ र डा सरस्वती नेपाल हुनुहुन्छ ।
कार्यक्रममा सम्मानित व्यक्तित्वहरू डा. शैलेन्द्र श्रेष्ठ र डा. टीका भण्डारीले विद्यालयसँग जोडिएका विगतका स्मरण सुनाउँदै आफ्नो शैक्षिक यात्राबारे चर्चा गर्नु भयोे । साथै विद्यालयमा  बिताएका दिनको स्मरण गर्नुका साथै अध्ययन तथा अनुसन्धानका क्षेत्रमा हासिल गरेका उपलब्धिबारे धारणा राख्नु भयो ।
समाजका अध्यक्ष ध्रुव कनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि  विद्यालयका पूर्वविद्यार्थी तथा मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले विद्यालयमा अध्ययन गर्दाका आफ्ना स्मरण सुनाउँदै पूर्वविद्यार्थीबीचको सम्बन्ध र विद्यालयसँगको आत्मीयताको महत्त्वबारे चर्चा गर्नु भयोे ।
यसैबीच, समाजले तीन वर्षे कार्यकालका लागि हरि कोइरालाको अध्यक्षतामा सर्वसम्मत  नयाँ कार्यसमिति पनि चयन गरेको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा लिला भण्डारी, मायामितु न्यौपाने, सन्तोष धमला, भूपेन्द्र  कडरिया र सन्तोष प्रसाईं चयन हुनुभएको छ । 
यसैगरी , महासचिवमा सागर खनाल, सचिवमा यामनाथ रेग्मी र कोषाध्यक्षमा केशव पोखरेल चयन हुनुभएको छ । समाजको  सदस्यमा योगेन्द्र खनाल, किरण श्रेष्ठ, शिवशंकर साह , सुवास रिजाल, विशान्त कटुवाल  चयन हुनुभएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेन्द्रविलास लुईटेल, सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाईं लगायतले शुभकामना मनतव्य व्यक्त गर्नु भएको  थियो ।  ०००००००
 

प्रतिकृया दिनुहोस