यू–१९ महिला विश्वकप क्रिकेटका १५ खेल नेपालमा हुने
विर्तामोड, ४ कात्तिक ।
आगामी यू–१९ महिला विश्वकप क्रिकेटका ४१ मध्ये १५ खेल नेपालमा हुने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् अर्थात् आईसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालमा १५ खेल सञ्चालन हुने भएका हुन् ।
आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म हुने प्रतियोगिता नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्दैछन् ।
नेपालमा हुने खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र काठमाडौंको मुलपानी क्रिकेट मैदानमा सञ्चालन गरिनेछ ।
यस विश्वकपका ४१ खेलमध्ये नेपालमा १५ खेल आयोजना हुने भएपछि अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपालको उपस्थिति र खेल पूर्वाधारको उपयोग बढ्ने अपेक्षा गरिएको छ । ०००००




-(1).jpeg)







प्रतिकृया दिनुहोस