एनपीएलका आजका दुवै खेल वर्षाले प्रभावित हुने सम्भावना
बिर्तामोड, १४ कार्तिक ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने तय भएका दुवै खेल वर्षाका कारण प्रभावित हुने सम्भावना बढेको छ ।काठमाडौँमा निरन्तर वर्षा भइरहेकाले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान भिजेको छ । अस्तिको खेलपछि मैदानलाई कभरले ढाकिएको भए पनि बिहानसम्म वर्षा नरोकिएकाले खेल सञ्चालन अनिश्चित बनेको हो ।
तालिकाअनुसार आज दिउँसो साढे १२ बजे लुम्बिनी लायन्स र चितवन राइनोज तथा साँझ ५ बजे विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुने तय छ ।
मौसमविद्का अनुसार दिउँसोसम्म वर्षा हुने सम्भावना छ । एनपीएलमा वैकल्पिक दिनको व्यवस्था नभएकाले खेल रद्द भए दुवै टोलीले एक–एक अंक बाँड्नेछन् ।
यद्यपि, मैदान खेल्न योग्य भए कम्तीमा पाँच ओभरको खेल सञ्चालन गर्ने सम्भावना भने कायमै रहेको छ ।








.jpeg)


प्रतिकृया दिनुहोस