एनपीएलमा आज दुई खेल हुँदै

बिर्तामोड, १६ कार्तिक । 
नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे सुरु हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।
एक खेल खेलेको काठमाडौं पहिलो जितको खोजीमा रहँदा दुई खेलमा जित निकालेको कर्णाली चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ । कर्णालीले यसअघि जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई पराजित गरेको थियो ।
यस्तै, आजै साँझ पाँच बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन् ।
तीन खेलमा एक जित निकालेको सुदूरपश्चिम दुई अंकसहित तालिकाको छैटौँ स्थानमा छ । दुई खेल खेलेको चितवन एक जित र एक खेल वर्षाका कारण रद्द भएपछि तीन अंकसहित चौथो स्थानमा रहेको छ ।
एनपीएलमा आठ टोली सहभागी छन् । लिग चरणमा प्रत्येक टोलीले सात खेल खेल्नेछन् भने अंकतालिकाका शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन् । 
 

प्रतिकृया दिनुहोस