एमाले झापामा केही जिम्मेवारी हेरफेर

काठमाडौँ, १४ कात्तिक ।
नेकपा एमाले झापाको १० औं पूर्ण बैठकले पार्टी जागरण अभियानबारे समिक्षासहित पदाधिकारी सदस्यहरुको जिम्मेवारी हेरफेर समेत गरेको छ ।
जिल्ला पार्टी कार्यालयमा भएको बैठकले झापा २ को क्षेत्रीय संयोजकमा देवराज कार्कीलाई जिम्मेवारी दिएको छ भने यसअघिका क्षेत्रीय संयोजक बद्री भट्टराईलाई प्रचार विभाग प्रमुख बनाएको छ । विभिन्न वडा र विभागीय जिम्मेवारीसमेत हेरफेर भएको जिल्ला सचिव तुलसी कार्कीले जानकारी दिनुभयो ।
नेकपा एमाले झापाको १० औं पूर्ण बैठकमा नेकपा एमालेका केशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले पार्टीका अन्तरपार्टी निर्देशनहरुलाई कार्यान्वयन गरी अगाडि बढ्न निर्देशन दिनुभयो ।
जिल्ला अध्यक्ष प्रेम गिरीको अध्यक्षता र इञ्चार्ज रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा बैठक भउको थियो । ०००००
 

प्रतिकृया दिनुहोस