आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै
बिर्तामोड, १५ कार्तिक ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने खेल अपराह्न साढे ४ बजे सुरु हुनेछ ।
आजको खेलमा जनकपुर दोस्रो जित निकाल्ने लक्ष्यमा रहँदा पोखरा भने पहिलो जितको खोजीमा हुनेछ । कप्तान हर्मित सिंहको नेतृत्वमा रहेको जनकपुरले यसअघि दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ । यस्तै, कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । दुई टोलीबीच यसअघिका दुई संस्करणमा भएका प्रतिस्पर्धामा दुवैले एक–एक खेल जितेका छन् । सन् २०२४ मा जनकपुरले पोखरालाई सात विकेटले हराएको थियो भने सन् २०२५ मा पोखराले जनकपुरलाई २५ रनले पराजित गरेको थियो ।








.jpeg)



प्रतिकृया दिनुहोस